बुंगुर पालेको ठाउँमा बथानमा संक्रमक रोगको प्रसार तथा एक ठाउँको बथानबाट अर्को ठाउँको बथानमा रोग प्रसार न्युनगरी बंगुरपालन व्यवसायमा रोग प्रदत जोखीम न्युनीकरण गर्ने गरी गरिने व्यवस्थापकीय व्यवहारीक व्यवस्थापनको अर्को नाम हो बंगुरपालनका जैविक सुरक्षा । आफुले पालेको बंगुरको उपयुक्त जैविक सुरक्षा व्यवस्था गर्नु भनेको व्यवसायको आपेक्षा गरिएको आम्दानी प्राप्त हुनेमा ढुक्क हुनु पनि हो । बंगुर पालन गरेको ठाउँमा उचित जैविक सुरक्षाको व्यवस्था गर्नु भनेको बंगुरलाई लाग्न सक्ने स्थानीय स्तरमा स्थापित रोग तथा अन्यत्रबाट भित्रन सक्ने, माहामारी जन्य, सरुवा तथा संक्रमक रोगबाट बचाउन सुरक्षात्मक उपाय पनि मानिन्छ । बंगुरको खोर गोठमा कुनै नौलो अन्यत्रबाट सरी आएको रोग निर्मुल पार्न, रोकथाम गर्न, उपचार गर्न, खर्चिलो मात्र हुदैन बरु त्यस्ता रोगले अझ बंगुरपालन व्यवसायमा गम्भिर असर पार्न सक्छ ।